
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने भइएको छ ।
राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेकी छिन् । जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन् ।
‘चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ’-राजदूत होउले लेखेकी छिन्‘ मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस्’।
यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् ।
धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा होउले गरेकी छिन् । नेपालीमाझ निकै घुलमिल हुन रुचाउने होउले ट्वीटरमा नेपाली फलोअर्स बढाउने रमाइलो काइदा रचेकी छन्। हालसम्म उनको ट्वीटरमा साँढे ९ हजारबढी पलोअर्स छन्।
२७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।
class=”embeddedContent oembed-provider- oembed-provider-twitter” data-align=”none” data-oembed=”https://twitter.com/PRCAmbNepal/status/1209321297294946306″ data-oembed_provider=”twitter” data-resizetype=”noresize”>
The Opening Ceremony of Chinese Film Festival will be held on December 27 in Kathmandu.
-Follow me and retweet this post
-Comment on this post and tag 1 friend
-Ends at 12:00 AM on December 262 tickets will be given away to the Top 5 winners with the most likes! Good Luck! pic.twitter.com/nSL4wpiarl
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 24, 2019







