
गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डिभोर्स’ नभएको उनले बताएका छन् ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्धविच्छेद भयो’ भनेर जानकारी दिएपछि गायक ढकालसँग शिलापत्रले गरेको कुराकानीको छोटो अंश ।
निलमजी र रामकृष्ण ढकालको डिभोर्स भएको भन्ने कुरा सत्य हो ?
यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।
जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ?
म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि ।
त्यस्तो केही सम्भावना थियो र ?
त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तो हल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु ।







