रामचन्द्र थापा रोल्पा हरिगाउँ निवासी हुन् ।
दश वर्षे माओवादी जनयुद्धमा उनको सपरिवार जनयुद्धमा सहभागी भयो । उनीसहित २ छोरा जनयुद्धमा पूर्णकालीन भएर लागे ।
देशमात्र होइन संसार बदल्ने सपना बोकेर जनयुद्धमा लागेका उनीहरुको सपना पूरा हुन सकेन । किनभने प्रचण्डले जनयुद्धलाई बीच बाटोमा अलपत्र पारे ।
जनयुद्धमा उनको अर्को कथा छ । जनयुद्धका क्रममा उनी झण्डैं मृत्युको नजिक पुगे । उनलाई एक स्थानीय भिजिलान्तेले लुकेर खुकुरी प्रहार गरेर मार्न प्रयास गरे । तर उनी बालबाल बाँचे ।
आज बाँचेर आउँदा प्रचण्डल्े जनयुद्धलाई धोका दिएकोमा उनको ठूलो आक्रोश छ ।
मृत्युको मुखबाट बाँचेका कामरेड रामचन्द्र थापा परिवर्तन भन्छन्, प्रचण्डले धोका दिए, विप्लवले गर्ने क्रान्ति सही छ ।
बाँकी आफ्नो बुढो जीवन क्रान्तिलाई सहयोग गर्ने उनको भनाई छ ।
जनपाटी अनलाइन टिभीसँग उनै रामचन्द्र थापाले गरेको कुराकानीको भिडियो वार्ता-







