
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलसहित ९ जनालाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।
विप्लव नेतृत्वको नेकपाको मेची–कोसी व्युरो इन्चार्ज उमासहित मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई, क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, जगतबहादुर पुलामी र गोविन्द कार्कीलगायत ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनीहरुमध्ये मोरङको सोमबारेबाट शुक्रबार र सुनसरीको चकरघट्टीबाट शनिबार बिहान गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
अन्तरिम व्यवस्थापिकामा सांसद्समेत रहेकी भुजेल तत्कालीन माओवादीका तर्फबाट गाेरखा जेलब्रेक गर्ने महिलाकाे समूहकाे प्रमुख सदस्य पनि थिइन्।
भुजेलसहितकाे टाेलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेकाे थियाे।







