
ज्ञापनपत्र बुझाउन गएको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल र परि थापासहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि प्रहरीले निर्मम दमन गरेको छ ।प्रहरी दमनमा मोर्चाका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् भने मोर्चाका अध्यक्ष सीपी गजुरेल, महासविच परि थापा, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायत १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्र
हरी गिफ्तारमा पर्ने अन्य नेता कार्यकर्ताहरुमा सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, दिपक शाही, बसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, ढोगप्रसाद अधिकारी, पदम भण्डारी, नरेन्द्र कार्की, अमिट योञ्जन, मिनप्रसाद गिरी, सुन्दर श्रेष्ठ लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलामा जम्मा भई नारा जुलुससहित गएको मोर्चाको टोलीलाई हनुमानस्थान नपुग्दै धोवी खोला नजिक भाटभटेनी अगाडि प्रहरीले रोकेको थियो । मोर्चाको टोलीले निषेधित स्थानसम्म जाने बताउँदै अगाडि बढ्न खोज्दा इन्स्पेक्टर बिबि पौडेलको नेतृत्वमा रहेको प्रहरी टोली एक्कासी दमनमा उत्रिएको थियो । प्रहरी दमनका बाबजुद मोर्चाले घटनास्थलमै विरोध प्रदर्शन गर्दै कोणसभा समेत सम्पन्न गरेको छ ।
मोर्चालाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले दिउसो २ बजे सिंहदरबारस्थित आफ्नो कक्षमा ज्ञापन पत्रका लागि समय दिएका थिए । आफैले बोलाएर मोर्चाका नेता कार्यकर्तामाथि सरकारले निर्मम दमन गरेको भन्दै मोर्चाका नेता कार्यकर्ताहरुले व्यापक विरोध गरेका छन् ।
नेताहरुले प्रहरी दमनलाई सरकारको फासिवादी दमनको नाङ्गो हर्कत भनी टिप्पणी गरेका छन् ।







