विप्लव नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ ।

एमसिसि र सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गर्ने तयारी भइरहेको बेला प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको हो ।आइतबार प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिबाट विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

विद्यार्थी सङ्गठनलेजनवर्गीय संगठनको संयुक्त मोर्चाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुन आएकालाई प्रहरीले पक्राउ गरेको हो।

गिरफ्तार गरिएका मध्ये नेपाल पत्रकार महासंघको पहलमा दिपेन्द्र रावल लगायत केही पत्रकारहरुलाई प्रहरीले रिहा गरेको छ । अन्य नेकपानिकट विभिन्न जनवर्गीय संगठनका नेताकार्यकर्ताहरु भने प्रहरी नियन्त्रणमै छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार