एनसेलले लामो समयदेखि विवादमा रहेको पुँजीगत लाभकर तिरेको छ । दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकरका रुपमा तिरेको हो ।

ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीवापत २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले १५ दिनभित्र निर्धारित लाभकर तिर्न गत २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।

तर, एनसेलले निर्धारित सबै कर भने तिरेको छैन । उसले ६ महिनाभित्र किस्ताबन्दीमा तिर्न पाउने सुविधा माग गर्दै पहिलो किस्ताका रुपमा ४ अर्ब ५० करोड रुपैयाँ तिरेको हो ।

तर, एनसेलको किस्ताबन्दीमा कर तिर्न पाउनुपर्ने मागका बारेमा भने ठूला करदाता कार्यालयले आधिकारिक निर्णय गर्न बाँकी नै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार