
विप्लव नेकपाका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पूर्वी केन्द्रीय कमान्ड इन्चार्ज विषमले केही दिन अघि झापाबाट गिरफ्तार भएका आफ्नो पार्टीका केन्द्रीय सदस्य उमा भुजेलसहित गिरफ्तार नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विषमले आफ्नो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’लगायत ९ जना नेता–कार्यकर्ताहरूलाई मोरङ र सुनसरीका विभिन्न स्थानबाट गिरफ्तार गरेको भन्दै उक्त गिरफ्तारी निन्दनीय भएको बताएका छन् । साथै उनले सरकार राष्ट्रियताको आन्दोलनमा सहभागी देशभक्त र क्रान्तिकारीहरुलाई दमन अभियानमा उत्रिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता सर्वाधिक खतरामा परिरहेको यो समयमा देशलाई राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी, लोकतन्त्रवादी र देशलाई माया गर्ने सम्पूर्ण शक्तिहरू एकजुट हुनुपर्ने बेला आएको छ । साथै कमरेड शिलुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई बिनासर्त रिहा गर्न र नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयम् सरकार नै हुनुपर्ने चेतावनी दिन चाहन्छौँ ।’
विज्ञप्तिकाे पूर्णपाठ….








