
तपाँइ त पछिल्लो मन्त्री मण्डल पुर्नगठनमा मन्त्री बन्ने चर्चा थियो, बन्नुभएन, अहिले सभामुख रिक्त हुँदा यसमा पनि चर्चा छ, के भन्नुहुन्छ ?
मलाई कसैले के कसो हो भनेर नेताहरुले सोधेका छैनन् । मैले प्रस्ताव राख्न पनि गएको छैन । तर निश्चीतै हो की पुर्नगनठन होइन सुरुमै मन्त्री मण्डल बन्दा नै म हुनुपर्ने हो । म उपत्यकाबाट जित्ने त्यतीबेलाको पुर्व माओवादीको म मात्रै हो । अनि अहिले प्रतिनिधी सभामा हुने र पार्टी एकिकरण पछि नेकपा बनेको म मात्रै सिनीयर नेता हो । अष्टलक्ष्मी कमरेड प्रद्ेशमा जानु भयो । त्यहा पछि त्यहा हुने मध्ये म एक्दम सिनियर हो । त्यसो भएकाले पार्टीले जिम्मा दिने की नदिने भन्ने कुरा पार्टीले सोच्ने कुरा हो । नेतृत्व निष्पक्ष हुन र कम्युनिष्ट हुन जरुरी छ । त्यती मात्रै सुझाव राख्न चाहन्छु ।
सभामुखको दौडमा हुनुहुन्छ ?
जिम्मेवारी पाइयो भने म चलाउन सक्ने मान्छे हो । तर अहिले पार्टी भनेको सचिवालय र सचिवालयमा पनि दुइवटा नेता र उहाँहरुबीचमा सल्लाह गरेर कसको नाममा चेक काट्नुहुनछ, त्यसैले पाउने जस्तो हाम्रो अहिलेको प्रणाली छ । उहाँहरुले के गर्नुहुन्छ थाहा छैन ।
स्थायी समितिमा अध्यक्षद्धले ल्याएको प्रतिवेदनमा पार्टीभित्र गुटहरु बढेर समस्या भएको औंल्याइएको छ, तोकिए अनुसार काम गर्न नसकेको स्विकारीएको छ, अब केही नयाँ आशा गर्न सकिन्छ त ?
जुन पार्टीको स्थायी समितिको एक वर्ष सम्म बैठक बस्दैन, डेढ वर्ष वा पौने दुई वर्ष सम्म केन्द्रको बैठक बस्दैन, त्यो पार्टीमा के हुन्न होला ? त्यासो गर्दा पार्टी विधिगत ढंगले चल्नुपर्छ । नीतिगत ढंगले चल्नुपर्छ । हाम्रो संगठनात्मक जुन विधि र पद्दती छ, त्यो पद्दती अनुसार चल्यो भने पाटीभित्रका समयाहरु धेरै हल हुन्छन् । बैठकबाटै टाढा हुने कुराले समस्या एकपछि अर्को थपिन्छन् । समस्या मात्र होइन, आशंका पनि थपिन्छन् । त्यसैले स्थायी समिति बैठक बस्यो, त्यसैबाट केन्द्रीय समितिको बैठक आगामी २३ गतेबाट तोकिएको छ । त्यहाँ पनि कुरा उठ्लान् र आवधीक हिसावले बैठक बस्ने, छलफल गर्ने, सबैलाई न्यायोचित ढंगले कार्यजिम्मा दिने, कम्युनिष्टको जो संगठनात्मक विधि छ, जनवादी केन्द्रीयताको विधि अनुसार अगाडि पार्टी बढ्यो भने हाम्रो भविश्य राम्रो छ । सुन्दर छ । उज्यालो छ ।
पछिल्लो पटक अध्यक्षद्धय मध्ये एकजनाले सरकारको र अर्कोले पार्टीको जिम्मेवारी लिएपछिको काम गराइलाई कस्तो मुल्याङ्कन गर्नुभएको छ ?
ढिलै भएपनि राम्रै भएको छ । एउटाले अलि बढी पार्टीलाई ध्यान दिने र अर्कोले सरकारलाई ध्यान दिने राम्रो कुरा हो । तर सरसल्लाह त दुबैले दुबैतिर गर्नुभएकै होला । त्यो ढंगले राम्रै भएको छ । तर पनि फेरी विधी र पद्दतीमा चाँही लैजानै पर्छ ।
बुधवार साप्ताहिकसँगको कुराकानीको सानो अंश ।







