शान्तराम शाह चिन्तन रोल्पा हरिगाउँ निवासी हुन् । उनले जनयुद्धमा ठूलो योगदान गरेका छन् ।

दश वर्षे जनयुद्धमा ०५५ सालदेखि पूर्णकालिन भएर योगदान गरेका शाहले जिम्मेबारी पनि माथिल्लो स्तरको पाएका थिए ।

उनले तत्कालीन माओवादी जनयुद्धमा विशेष केन्द्रीय आधार इलाकाअन्तर्गत सूचना विभागको जिल्ला सेक्रेटरीस्तरको भूमिका पूरा गरेका थिए ।

माओवादी जनयुद्ध जब शान्ति प्रक्रियामा आयो । त्यसपछि धेरै नेता कार्यकर्ता गाउँघर फर्केसँगै शान्तराम शाह चिन्तन पनि विस्तारै गाउँ फर्किए ।

माओवादी पार्टी विभाजनपछि उनले मोहन वैद्य किरण नेतृत्वको पार्टी रोजे । तर कालान्तरमा आएर प्रचण्डको पार्टीमा फर्के ।

हाल सत्ताधारी नेकपासँग रहेका चिन्तनसँग जनपाटी अनलाइनका प्रतिनिधि हरि पुनले गरेको कुराकानीको भिडियो वार्ता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार