स्वतन्त्र एवं पूराना कम्युनिस्ट नेता अजय शर्माले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही ढंगले नेतृत्व गर्न सक्ने नेता नेत्र विक्रम चन्द विप्लव मात्र भएको बताएका छन् ।

नेकपा मसालबाट केही समयअघि मात्र राजिनामा दिएर स्वतन्त्र कम्युनिस्ट नेताका रुपमा स्थापित शर्माले दक्षिणपन्थी अवसरवादबाट ग्रसित नेपालको कम्युनिस्ट आन्दोलनलाई हाँक्न सक्ने नेता विप्लव मात्र मात्र रहेको बताए ।

जनपाटी अनलाइन टिभीसँगको भिडियो वार्तामा नेपालको कम्युनिस्ट आन्दोलनमा एक माक्र्सवादी चिन्तक समेत रहेका शर्माले ओली प्रचण्डको पार्टी, विप्लव नेतृत्वको नेकपा, वैद्य र सिंहको नेतृत्वमा रहेको पार्टीबारे विश्लेषण गरेका छन् ।

ओली प्रचण्डको नेतृत्वमा रहेको सत्ताधारी नेकपा दलाल प्रतिक्रियावादी वर्गको प्रतिनिधि पार्टीको रुपमा खडा भएको नामधारी कम्युनिस्ट पार्टी मात्र रहेको शर्माको टिप्पणी छ ।

नेता शर्माले मोहन वैद्य र मोहन विक्रम सिंहको नेतृत्वमा रहेका पार्टी कार्यदिशाविहीन र ढुलमुले पार्टी रहेको विश्लेषण गरे ।

ओली प्रचण्ड दलाल वर्गको प्रतिनिधि पार्टी, वैद्य सिंहको पार्टी दिशाविहिन र ढुलमुले भइरहँदा विप्लव नेकपाले वर्गसंघर्षलाई नयाँ शिराबाट अगाडि बढाएको शर्माको निश्कर्ष रहेको छ ।

कम्युनिस्ट नेता शर्माको भिडियो वार्ताको पूरा भाग-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार