आफू पढ्ने कलेज नै खारेज गर्न अदालतले आदेश दिएपछि तीस जना नर्सिंग विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आफ्ना माग सम्बोधन नभएपछि नर्सिङका विद्यार्थीले सिंहदरबारकै अगाडी आत्मदाह गर्ने चेतावनी दिएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलमा पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गरेका छन् ।

’हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौं’, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन्।

भक्तपुरस्थित ठिमीमा रहेको चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएका ३० जना विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि पढाई छोडेर आन्दोलन गर्नुपरेको छ । उनीहरुले सीटीइभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदासम्म आफ्नाबारेमा कसैले चासो नदिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरूले पाउन नहुने कुरा सरकारले पनि बुझ्न नसकेको बताइन् । कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको पीडित विद्यार्थीले बताएका छन् ।

उनीहरु २०७५ सालमा भर्ना भएका उक्त कलेजमा भर्ना भएका थिए । २२ साउनमा सीटीईभीटीलाई अदालतले स्टे अर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको बताइन्।

नर्सिङका छात्राहरुले दिन लागेको परीक्षा सीटीईभीटीले रोकेको प्रेमिका शाहीले खुलाएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार