
तिब्बतमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्व’ सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी परियोजना लागू गर्न लागिएको बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपाल स्थीत अमेरिकी दुतावासले समेत इन्डोप्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बताए ।
उनले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गरे । उनले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभई नेपालको भूमि माथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बताए ।







