सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेकपाको जिल्ला जनपरिषद दाङले कालोमोसो र जुतामाला लगाइ केशमुण्ड गरि कार्वाही गरेको छ।

कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपुर्वक दुख दिने, सताउने, कामहरु अल्झाउने, झुलाउने गरेको, गैरजिम्मेवार रहदै तीब्र कामको चाप रहदा समेत बिना कारण कार्यलयमा अनुपस्थित हुनुका साथै सेवाप्रवाहमा ढिलासुस्ती चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको, गलतनियतका साथ विभिन्न आयोजनाहरुको बिल भुक्तानी फरफारक स:सर्त रोकेको लगायतकाे भन्दै कारण देखाउदै जिल्ला जनपरिषद दाङले एक विज्ञप्ति समेत जारी गर्दै कारबाही पत्रमा उल्लेख गरेको छ ।

जनपरिषद दाङका प्रमुख भगवानदास चाैधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-‘लहान डिभिजनमा हुदा लहान-ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाइ झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर भाडाकुडा नुन तेल समेत लिएर घर टाप कसेका थिए । घुस खाने, कमिसन नलिइ काम नगर्ने, निर्माण व्यवसायी लाई विभिन्न वहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरि मानसिक यातना दिने लगायतका निच हर्कतले बिभागका सम्पुर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छ्न् ।’

विज्ञप्तिकाे पूरा पाठ यसप्रकार छ –

प्रेस बिज्ञप्ति

नेपाली श्रमजीवी र स्वाभिमानी जनताको प्रिय पार्टी, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशा, भरोसा, विश्वासको मत र मन जित्दै दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरुलाई केन्द्रभागमा राख्दै ‘एकीकृत जनक्रान्ति’को राजनीतिक वैचारिक, साङ्गठानिक भव्य आलोकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महान लक्ष्य र उद्देश्य विचार आदर्शका साथ जनक्रान्तिको ऐतिहासिक प्रक्रियामा  छ । सामाजिक फासिवादी दलाल संसदीय व्यवस्था दिनप्रतिदिन विभिन्न काण्डले थिलोथिलो हुँदै मृत्युको संघारमा अन्तिम छटपटाहटका साथ अमेरिकी साम्राज्यवादको एमसीसीको हिरन लिँदै मृतप्रायः आयु लम्बाउन अनेकन चिच्याहट (बर्बराहट मच्चाइरहेको छ ।

कथित कम्युनिस्टको जामा भिरेको केपी–पिके ब्वाँसाहरुले आफ्नो लुटखसोटको स्वर्ग बचाइराख्न जनताका सेवक हाम्रा प्रिय नेता कार्यकर्तामाथि विविध प्रकारका फासिष्ट तानाशाही दमन चक्र चलाउँदै जेलनेल तथा व्यक्ति हत्यासम्म गर्दै आइरहेको छ । गाउँगाउँमा युद्धकालीन फौजी अप्रेसन चलाएर श्वेत आतंक खडा गरेका छन् जस्को हाम्रो पार्टीले मुखतोड जवाफ पनि दिँदै आएको छ र भविष्यमा पनि त्यस्ता फासिष्ट दमनलाई कुल्चदै अगाडि बढ्दै जाने छ । यसै सन्दर्भमा जनताको असली सेवक हुनुका नाताले जनताका पिरमर्का, दुखकष्टमा हाम्रो पार्टीको हरहमेशा साथ हुने गर्दछ नै । जनता नै इतिहासका निर्माता हुन् भन्ने मान्यताका साथ जनस्तरबाट प्राप्त सल्लाह, सुझाव, गुनासालाई आत्मसात गर्दै जनसत्ताका गतिविधि सञ्चालन गर्दै जनसेवा प्रवाह गर्दै आएको पनि छ । जनताका बैरी र जनविरोधी हर्कत गर्ने जोकोहीलाई कारवाही गर्ने गरेको सबैमा अवगत नै छ । यही सिलसिलामा सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाई केशमुण्डन गरी कारवाही गरेको छ ।  को हुन् जितेन्द्र चौधरी ? जनकपुरका जितेन्द्र चौधरी हाल ललितपुरस्थित हात्तीवनमा स्थायी बसोबास गर्छन् । भारत ससुराली भएका चौधरीका १ छोरा र १ छोरी छन् । छोरा अभिषेक चौधरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र छोरी स्मृति चौधरी एमएलबी मेडिकल इन्स्टिच्युट झाँसी भारतमा एमबीबीएस पढ्दैछन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर गरेका चौधरी खानेपानी संस्थानबाट सब–इन्जिनियर हुँदै सरकारी सेवामा प्रवेश गरेका हुन् । सरकारी सेवामा आएदेखि ‘मालदार’ ठाउँमा पोस्टिङ पाउन हाकिमका ‘मलद्वार’ धुन र सुँघ्न समेत पछि नपर्ने चौधरी सडक विभागभरि निकै विवादित र बदनाम पात्र हुन् ।

विभिन्न शक्तिकेन्द्रका नजिक भई लाभको पदमा बाजी मार्न खप्पिस चौधरी हद दर्जासम्म गिर्न तयार हुने उनको विगतले देखाउँछ । जनकारवाही हुने सूचना पाएपछि रुकुमको चौरजहारीको डिभिजन प्रमुख हुँदा करोडौंको हिनामिना गरी भागेका उनी पछि विराटनगर गएका थिए । त्यहाँ पनि कार्यालयमा गयल हुने, ठेकेदारसङ्ग मोटो कमिसनको मोलमोलाई गर्ने, आधारभूत निर्माण पुनर्निर्माणका कामलाई बेवास्ता गरेर कमिसन उठाउन मात्र हात धोएर लाग्ने गरेपछि जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण र विभागले कारवाहीस्वरुप विभागमा थन्काएको थियो । जनप्रतिनिधिहरुको एक समूह मन्त्रालयसम्म पुगेर निज चौधरीका काला कर्तुत छरपष्ट पारेका थिए । लहान डिभिजनमा हुँदा लहान–ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाई झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर, भाँडाकुँडा, नुनतेल समेत लिएर घर टाप कसेका थिए । यिनका घुस खाने, कमिसन नर्लिइ काम नगर्ने, निर्माण व्यवसायीलाई विभिन्न बहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरी मानसिक यातना दिने लगायतका निच हर्कतले विभागका सम्पूर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छन् । इन्जिनियर पेशाकै बदनाम गराउन उद्धत निज जितेन्द्र चौधरी व्यवसायिक तथा पेशागत मर्यादा रत्तिभर नभएका उनका गतिविधिले प्रष्ट पार्दछ ।

पैसाका लागि जस्तोसुकै अनैतिक काम गर्न पछि नपर्ने उनी भर्खरै लहानमा अख्तियारले रङ्गेहात १९ लाखसहित समाएका इन्जिनियरहरुको योजनाकार समेत रहेका छन् ।

कारवाही किन ?

१) कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपूर्वक दुःख दिने, सताउने र कामहरु अल्झाउने, झुलाउने गरेको ।

२) गैरजिम्मेवार रहँदै तीब्र कामको चाप रहँदा समेत बिना कारण कार्यालयमा अनुपस्थित हुनुका साथै  सेवाप्रवाहमा ढिलासुस्ती, चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको ।

३) गलत नियतका साथ विभिन्न आयोजनाहरुको विल भुक्तानी फरफारक सःशर्त  रोकेको ।

४) असार मसान्त, त्यसअघि र पछिका बिल भुक्तानी गर्दा व्यवसायीको ढाड सेक्ने गरी मोटो कमिसन लिएको । अग्रिम कमिसन नदिनेको भुक्तानी यो या त्यो बहानामा रोकेर कमिसन दिन बाध्य पार्ने गरेको ।

५) कमिसनबापत झन्डै रु. ३ करोड जति रकम उठाई भारतको रुपैडिहा गएर ससुरालीतिरका नातेदारका नाममा भारतका बिभिन्न बैंकमा जम्मा गरेको ।

६) जनसरोकारका र अत्यावश्यक विकास निर्माण–पुनःनिर्माण, मर्मतसम्भार, लगायतका काममा कुनै ध्यान नदिएको । जसको कारण हिलाम्मे र धुलाम्मेका साथै अस्तव्यस्त सडक र सडकमा भएका खाल्डाखुल्डीले गर्दा दर्जनौं दुर्घटना घट्न गई ठूलो मात्रामा जनधनको क्षति भएको ।

७) ठेक्का सम्झौताबमोजिम तोकिएको समय सीमाभित्र काम सम्पन्न नगर्ने, काम मात्र ओगटेर बस्ने र कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा नलिई मोटो रकम कमिसन लिई छुट दिएको ।

८) सामान्य कमिकमजोरी गरेका निर्माण व्यवसायीलाई कालो सूचीमा राखिदिने, हर्जाना तिराउने, ठेक्का सम्झौता तोडिदिने, बिल प्रमाणीकरण नगरिदिने लगायतका डर, धाक, धम्की, त्रास देखाउँदै रकम असुली गर्ने गरेको ।

९) कार्यालय प्रयोजनको सरकारी गाडी घर परिवारको बिहे, व्रतबन्ध, पूजापाठ र दैनिक काम किनमेल, घुमघामको नितान्त निजी प्रयोजनमा काम लगाई दुरुपयोग गर्ने गरेको ।

१०) जिम्मेवार निकायको प्रमुख अनुरुपको पदीय आचरण, अनुशासन, व्यबहार, जिम्मेवारी, नैतिकतामा नबसेको ।

११) निज जितेन्द्र चौधरी रुकुमको चौरजहारी, विराटनगर, नेपालगन्ज, लहान र दाङको प्रमुख हुँदासम्म ५० औं करोड भ्रष्टाचार गरेको ।

१२) विविध प्रकारका अनियमितता, भ्रष्टाचार र घुस खाएर अकुत सम्पत्ति आर्जन गरी छोरा अभिषेक चौधरीलाई धरानस्थित ९दउपष्जक० र छोरी स्मृति चौधरीलाई एमएलबी मेडिकल कलेज झाँसी भारतमा मेडिकल साइन्स पढाएको ।

१३) तत्कालीन तालुकदार मन्त्री रघुवीर महासेठलाई करोडौं नजराना बुझाएर आएकोले सो असुलउपर गर्ने एकमात्र अभिष्ट लिई कमिसन कुम्ल्याउन अहोरात्र लागि परिरहेको ।

१४) पटकपटक जिम्मेवार बन्न र यस्ता अवैध, असभ्य र अनैतिक क्रियाकलाप  नगर्न नगराउन अनुरोध गर्दा पनि कुनै सुनुवाई नगरेको ।

१५) राप्ती लोकमार्गअन्तरगत तुलसीपुर–सल्यान सडकको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायीहरुसङ्ग रकमको बार्गेनिङ गरी प्रक्रिया अगाडि नबढाएको । अन्तमा, हाम्रो यस जनपरिषद लुटेरा केपी–पिके सत्ताद्वारा आजित जनतालाई जनसत्ताद्वारा सेवाप्रवाह गर्न हरदम तत्पर छ । जनतामाथि थोपरिने कुनै पनि बहानाका जुन कुनै निकाय वा व्यक्तिद्वारा गरिएका दलाली, भ्रष्टाचार, बेथिति, अनियमिता किमार्थ स्वीकार्य नहुने सूचित गराउन चाहन्छौ ।

कोही कसैले कहींकतैबाट जनतामा यस प्रकारका अपराध गर्ने कुचेष्टा गरेमा यस जनपरिषद, थारुवान स्वायत्त प्रदेशको प्रचलित कानुनबमोजिम कारवाही गर्दै जाने स्मरण गराउँदछौ ।

क्रान्तिकारी अभिवादन सहित !

भगवानदास चौलागाईं,

प्रमुख जिल्ला जनपरिषद,

दाङ २७ पुस २०७६

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार