
ओली सरकारको प्रतिबन्धकै बीच विप्लव नेतृत्वको नेकपाले काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।
देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन लागेको जानकारी प्राप्त भएको छ ।
जनयुद्ध दिवसका अवसरमा देशैभर खुला कार्यक्रम र काठमाडौँमा केन्द्रित ठूलो जनसभा आयोजना गरिने भएको छ । नेकपाका नेताहरू खुला सार्वजनिक कार्यक्रममा सहभागी नभइरहेको अवस्थामा नेकपाले काठमाडाँैमा खुला जनसभा गर्ने र उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएर सशस्त्र जनयुद्ध सञ्चालन गरेको २४ वर्ष पूरा भएर २५ वर्ष लागेको अवसरमा २५ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।








