प्रतिबन्धित  विप्लव नेकपाले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

यो पार्टीले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट गराएको थियो ।

बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको उसका नेताहरुले बताएका छन् । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।

सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।

साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव नेकपाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार