देशभर मौसम अदलबदल हुँदा पहाड र तराईमा वर्षा परिरहेका छ भने हिमालमाभारी हिमपात पर्दा मुलुकको जनजीवन प्रभावित बन्न पुगेको छ ।

नेपालको पश्चिमी ,मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले पनि सामान्य देखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार