सत्ताधारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना एमसीसी संसदबाट जसरी पनि पारित गरिने बताएका छन् ।

आफुलाई राष्टवादी भनेर कुनैबेला भाषण गर्ने श्रेष्ठले एमसीसीलाई राष्टहितमा प्रयोग गर्ने बताए ।

उनले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताए ।

उनले भने, ‘‘एमसीसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’’

राष्ट्रियसभाको उम्मेदवारसमेत रहेका श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार