
अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सका प्रमुख कार्यकारी अधिकृत सीईओ एलन मस्कले मंगल ग्रहमा १० लाख मानिस पठाउने लक्ष्य लिएको बताएका छन् ।
शुक्रवार उनले लगातार ट्वीट गर्दै उनले सन् २०५० सम्ममा यस्तो लक्ष्य हासिल गरी मंगल बस्ती बसाल्ने मानिसलाई बहुग्रही बनाएका छन् ।
मस्कका अनुसार शताब्दीको मध्यसम्ममा ग्रहमा बस्ती बसाल्न रकेटबाट करोडौं टन सामान पठाउनु पर्नेछ । वर्षेनी १०० थान स्टारशिप बनाउँदा १० वर्षसम्म १ हजार थान स्टाशिप बन्नेछ ।
२-२ वर्षमा पृथ्वी र मंगल ग्रह एक अर्काको सबैभन्दा नजीक आएको बेला पारेर वर्षमा सय मेगाटन अनि १ लाख मानिसलाई मंगल ग्रह पठाउने मस्कको योजना छ । यस हिसाबले सन् २०५० सम्ममा १० लाख मानिस पुर्याउने लक्ष्य हासिल गर्ने सरल हिसाब गरेर मस्कले देखाएका छन् ।
गत सेप्टेम्बरमा नै स्पेस एक्सले मंगल ग्रहमा सम्भावित ल्यान्डिङ साइट उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष निकाय नासालाई आग्रह गरेको थियो ।
कम्पनीले अहिले स्टारशिप बनाउँदैछ । पुनः प्रयोग गर्न मिल्ने यो वाहन मानिसका साथै वस्तुलाई समेत मंगल ग्रह लैजान सकिने गरी तयार गरिँदैछ ।
मंगल ग्रहलाई मानव बसोवास योग्य पार्न न्यानो बनाउनुपर्ने भन्दै त्यहाँ स–साना कृत्रिम सूर्य सृजना गर्न थर्मोन्यूक्लियर अस्त्र लन्च गर्नुपर्ने मस्कले बताएका थिए । मंगल ग्रहमा ‘आफैंलाई धान्न सक्ने’ मानव बस्ती बसाल्न लाग्ने खर्चको आकलन समेत मस्कले गरिसकेका छन् ।
उनका अनुसार यसका लागि १ खर्ब डलरदेखि १०० खर्ब डलरसम्म खर्च लाग्नेछ ।







