
राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका लोहनीलाई चितवनमा बाटोमा हिडीरहेका वेला साेमबार बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ ।
लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एसीसीका विषयमा बहस चलाउदै आएका थिए । लोहनी यस अघि पनि चितवनमै १३ दिन हिरासत बसेर छुटेका थिए ।
लोहनी गिरफ्तारपछि उनको जीवनसंगिनी सरला रेग्मीले सामाजिक संजालबाट गिरफ्तारीको विरोध गर्दै त्यसको कारणबारे स्पष्टीकरण दिन सरकारलाई चेतावनी दिएकी छिन् ।
सामाजिक संजाल फेसबुकमा लोहनीको गिरफ्तारीपछि सरल रेग्मीको यस्तो स्टाटस –
चर्चित MCC राष्ट्रिय बहस बनेको समयमा,राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनीलाई आज बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको छ । ठुलो वलिदान पछि प्राप्त यो परिवर्तित मुलुकमा विचार र आस्था नै बन्दी बनेको हो सरकार ? प्रश्न गर्न मन लागीरहेछ। उहाँ भरखरै १३ दिनको हिरासत र अहिले पनि तारीख लिइरहनुभएको छ ।







