सत्ताधारी नेकपाका नेता लिलामणि पोख्रेलले बलात्कार गर्ने अभियुक्त सिद्धबाबा छुट्ने तर बलात्कारको प्रयास गरेको आरोपमा पूर्व सभामुख कृष्ण बहादुर महरालाई जेल पठाउनु षड्यन्त्र भएको बताएका छन् ।

बलात्कार आरोपी धरौटीमा छुटेको प्रसंग कोट्याउँदै नेता पोख्रेलले बलात्कारको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामै राख्नुमा षड्यन्त्रको गन्ध आएको बताए ।

‘पूर्वसभामूख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेलमा छन्। तर, एउटा जोगी(सिद्धबाबा)ले मलाई बलात्कार गर्यो भनेर महिलाले गुहार माग्छिन्। अनि, त्यही व्यक्ति धरौटीमा छुट्छ। यो कस्तो न्याय हो, कस्तो प्रणाली हो ?’ उनले भने , ‘बलात्कार गर्ने धरौटीमा छुट्ने, बलात्कारको अभियोग लाग्ने चाहिँ जेल जाने ? यसका पछाडि पनि षड्यन्त्रको गन्ध आउँछ।’

नेता पोख्रेलले नेकपाको कार्यदिशा समाजवादको तयारी भएको भन्दै त्यसका लागि राष्ट्रिय हितको संरक्षण अत्यावश्यक रहेकोमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार