
नेपालको सार्वजनिक ऋण ११ खर्बभन्दा बढी देखिएको छ । चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ६ महिनासम्मको तथ्यांकले यस्तो अवस्था देखाएको हो ।
जसमध्ये बाह्य ऋण ६ खर्ब ५४ अर्ब ४ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड छ ।आर्थिक वर्षको ६ महिनामा अघिल्लो तीन महिनाको तुलनामा २२ अर्ब ५७ करोड बाह्य ऋण वृद्धि भएको छ ।
आन्तरिक ऋण भने केही घटेको छ । आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा बाह्य ऋण ३.५७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड छ भने ११ खर्ब ५ अर्ब १३ करोड छ ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको थियो ।
तथ्यांक अनुसार ६ महिनाको अवधिमा बहुपक्षीय दाताबाट ३५ अर्ब २७ करोड ५० लाख ऋण लियो भने द्विपक्षीय दाताबाट १६ अर्ब ५ करोड ऋण लिएको छ । आन्तरिक रुपमा भने २६ करोड ५ लाख ऋण थपिएको छ ।







