
संयुक्त राज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।
बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरू अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या २ लाख ११ हजार पुगेको छ ।
यसैबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान ३ लाखभन्दा मुनि रहेको छ । तथ्यांक विश्लेषणबाट संयुक्त राज्य अमेरिकाको श्रम बजार निकै नाजुक अवस्थामा रहेको देखिएको छ ।
तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरूले १ लाख ४५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् । यद्यपि, गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब २ लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो ।
अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगारी दर ३.५ प्रतिशत पुगेको छ ।







