सत्ताधारी नेकपा नेता नारायणप्रसाद शर्माले एमसीसीलाई आफ्नै नेताहरुले चोर दुलोबाट खासगरी संसदवाट पारित गर्न खोजेको भन्दैं त्यसको सडकबाट कडा प्रतिवाद गरिने चेतावनी दिएका छन् ।
केपी ओली र प्रचण्डले पार्टीको सचिवालय र केन्द्रीय समिति बैठकलाई छलेर संसदबाट सोझैं एमसीसीलाई पारित गर्न लागेको देखेपछि नेता शर्माले त्यसका विरुद्ध आफुहरुले सडकबाट प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एमसीसीविरुद्धको सडक आन्दोलनमा सत्ताधारी नेकपा शर्माले सबै देशभक्तहरु आन्दोलनमा आउनुपर्ने सबैमा अपिल समेत गरेका छन् ।
एमसीसीविरुद्धको कार्यक्रममा नेकपा माले महासचिव सीपी मैनालीलगायत नेताहरुले एमसीसीका विरुद्ध कडा अभिव्यक्ति दिएका दिए ।







