
प्रचण्डसँगको सम्बन्ध के हो त ?
मेरो प्रचण्डसँगको सम्बन्ध अलि पहिलेदेखिकै हो । म ०५७ सालदेखि नै माओवादीसँग नजिक रहेर काम गरेको हुँ ।
०६० सालमा म पक्राउ परेँ । मलाई सैनिक हिरासतमा ६ महिना राखियो । त्यसपछि प्रचण्डसँग नजिक कसरी भएँ भने म नडराउने मान्छे हुँ ।
अलि अगाडि परेर कुरा गर्ने, अलि अलि सम्पत्ति पनि पहिल्यैदेखि भएको मान्छे हुँ । लोभ छैन । उहाँलाई बेला बेलामा घरमा पनि बोलाउन थालेँ । उहाँसँगको सम्बन्ध त्यसरी अघि बढेको हो ।
उहाँलाई अप्ठेरोपर्दा मलाई सम्झनुहुन्छ । उहाँको छोरीहरुले मलाई दाइ भनेर सम्झनुहुन्छ । त्यत्तिमात्रै हो ।
भनेपछि तपाईंले उहाँलाई आवश्यक परेको सहयोग गर्नुहुन्छ ?
गर्छु । तर एउटा छिमेकीले अर्को छिमेकीलाई अप्ठेरो पर्दा कस्तो सहयोग गर्छ त्यस्तै गर्छु । तपाइँ पनि मेरो ठाउँमा भएको भए गर्नुहुन्थ्यो । त्यो मानवताको सम्बन्ध हो । मानवताको नाताले एकलाई दुःख पर्दा अर्काले सहयोग गर्छ नै ।
प्रचण्डको सबै खर्च तपाईंले नै धानिदिएको भन्छन् नि ! हो ?
यो चाहिँ सत्य होइन । मैले उहाँको खर्च धानिदिएको होइन । कार्यक्रममा बोलाउँदा टिकट काटिदिएँ हुँला । त्यसबाहेक मैले पैसा दिएको छैन ।
यो सबै मेडिकल कलेजलाई सम्बन्धन लिनका लागि गरिएका कामहरु हुन् ?
होइन । यो मानवताको सम्बन्ध मात्रै हो ।
मेरो मेडिकल कलेजमा प्रचण्डको लगानी थियो भने सम्बन्धनका लागि मैले यति ठूलो लडाईँ गर्नुपथ्र्यो होला र ? त्यो त सबैले बुझ्नुपर्ने होइन र ? अहिलेसम्म त सम्बन्धन पाइहाल्नुपर्ने हो नि । प्रचण्ड आजको मितिमा पनि सेलिब्रेटी हुन् । त्यही भएर उहाँलाई लगेर उद्घाटन गराएको हुँ ।
उहाँलाई लैजाँदा अलि अलि प्रचार पनि होला, विज्ञापन पनि हुन्छ भनेर लगेको हुँ । त्यो बाहेक केही होइन । उहाँ सीधा नेता हो ।
व्यवसायी दुर्गा प्रसाईले बाह्रखरी अनलाइनसँग गरेको कुराकानीको सानो अंश ।







