अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएलगत्तै सदनमा रोचक दृश्य देखियो।

जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्वाचित भएको घोषणा गर्नसाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आँखा लगाएका थिए सापकोटाले।

लगत्तै सांसदहरु पम्फा भुषाल र ओनसरी घर्तीको बीचको कुर्सीमा रहेका सापकोटालाई सभामुख चयन भएपछि पहिलो खादा ओनसरी घर्तीले लगाइदिइन्।

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ठाँउबाट उठेर सापकोटालाई खादा लगाएर बधाइ दिए।

नेकपाका सांसदहरु उनलाई शुभकामना दिन लाइन लागेका थिए। तर सापकोटाको नजर भने प्रधानमन्त्री ओलीतिरै थियो।

समर्थक समेत रहेका देव गुरुङले हात दिएका थिए। तर, हात नमिलाई उनी लम्के प्रधानमन्त्रीतिरै। त्यही भिडमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि बधाई दिन उठेका थिए। तर, खनालले पनि ताजा बधाई दिन पाएनन्।

सापकोटाले अरुको शुभकामनालाई साइड लगाएर दौडिदै पुगे प्रधानमन्त्री आसीन कूर्सीतिर। र, उनले बधाई थापे ओलीको।

प्रमको कुर्सीतिर पुगेको केही बेरमा सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग आफू निर्वाचित भएको खुसी साटासाट गरेका थिए।

यस्तो दृश्य देख्दा संसदमा निकै रोचक माहोल देखा पर्यो । आफ्ना सुप्रिमो प्रचण्डअनि थुप्रैं सहयोद्धालाई समेत हात मिलाउने समय नदिएका सापकोटाले ओलीसँग नैं भेट्न किन यतिसारो हतार भयो होला भनेर त्यो सभामुख चयनको रोचक दृश्य देख्न सकिन्थ्यो ।

बाँकी सभामुख चयनको रोचक भिडियो दृश्य

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार