झण्डै साढे चार सय केन्द्रीय समिति रहेको सत्ताधारी नेकपाको केन्द्रीय समिति बैठकमा शीर्षनेतादेखि धेरै केन्द्रीय सदस्यहस् मस्त निन्द्रामा भेटिए ।

सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डदेखि सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि धेरै नेताहरु पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बोलिरहँदा निदाइरहेका थिए ।

दुई पार्टी एक भएको करिब २० महिनापछि पहिलो पटक एजेन्डासहित बुधबारबाट नेकपाको केन्द्रिय कमिटिको बैठक सुरु भएको हो ।

बैठक नै नराखेर पार्टीलाई गति हिन बनाएको आरोप नेतृत्वलाई लगाउँदै आएका अध्यक्ष प्रचण्डदेखि सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि धेरै नेता एवं केन्द्रिय सदस्यहरु बैठकमा भने जिम्मवार देखिएनन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रगति विवरण सुनाइरहदा धेरैजसो केन्द्रिय सदस्य निद्रामा देखिन्थे । कतिपयले भने ध्यान दिएर सुन्दै सुनेनन् ।

पार्टी एकता भएको २० महिनापछि पहिलो पटक एजेन्डासहित बसेको बैठकमा केन्द्रिय सदस्यहरु निकै उत्साहित भएर सहभागी हुन्छन् भन्ने धेरैको लागेको थियो । तर, त्यसको ठिक विपरित दृष्य देखियो बुधबार राष्ट्रिय सभागृहमा ।

बैठक उद्घाटन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टी र सरकार कसरी सरकार बलियो बनाउने, दुबैको काममा कसरी एकरुपता ल्याउने भन्ने विषयमा बोलिराखेका थिए ।

तर, एक तिहाई भन्दा धेरै केन्द्रिय सदस्य भन्ने उनका कुरा सुनिराखेका थिएनन् । कतिपय सदस्य त निद्रामा नै भेटिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार