सत्ताधारी नेकपाको केन्द्रीय समितिमा दोस्रा अध्यक्ष प्रचण्डद्धारा पेश गरिएको प्रतिवेदनमा केन्द्रीय सदस्य सूर्य थापाले आफ््नो फरक मत दर्ज गरेका छन् ।

थापाले प्रचण्ड प्रतिवेदनमा जनताको बहुदलीय जनवादका १४ विशेषता स्वीकारेर नाम चाँहि जनताको जनवाद भनेको भन्दैं जबज नैं भन्नुपर्ने दलील पेश गरेका छन् ।

थापाले प्रचण्ड प्रतिवेदनमाथि राखेको फरक मतको यो सानो अंश –

जनताको जनवाद के हो ? यसको वैचारिक आधार, आधारशीला र अन्तर्वस्तु तथा विशेषताहरु के के हुन् ?

जबज वा एक्काइसौं शताब्दीको जनवादका कुन कुन विशेषताहरु यसमा समावेश गरिएको छ ? स्पष्ट गरिनु पर्दछ । जनवादी कार्यक्रमका कार्यभारहरु कार्यान्वयन नगरी कसरी समाजवादको आधार तयार हुन्छ वा तयार गर्न सकिन्छ ? कसरी समाजवादउन्मुख हुन सकिन्छ ?

जबजका सारतत्व स्वीकार गर्ने तर नामचाहिँ किमार्थ स्वीकार गर्न नहुने– यो संकीर्णता मात्रै हो । यस्तो संकीर्णताले विचारधारात्मक विकास सही ढंगले हुन सक्दैन ।

हामीले आज अवलम्बन गरेको निर्वाचन, प्रतिस्पर्धा र सरकार सञ्चालनको वैचारिक मार्गदर्शन एक्काइसौं शताब्दीको जनवाद हो कि जबज कुन हो रु जबजका १४ विशेषताहरुलाई हुबहु स्वीकार गरेर जनताको जनवाद भनिनुको अर्थ बुझिँदैन ।

जनताको जनवाद निराकार हुन सक्दैन । यसको स्वरुप, सारतत्व र अन्तर्वस्तु स्पष्ट हुनैपर्छ । र, दस्तावेज लिखितरुपमा सार्वजनिक हुनैपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार