नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता टोपबहादुर रायमाझीसँग ऋषि धमलाले गरेको कुराकानीको सानो अंश ।
एमसीसी कहिले पारित हुन्छ ?
केन्द्रीय समितिको बैठक विस्तारै अगाडि बढिरहेको छ । यो बैठक दुई दिनभित्र सम्पन्न हुन्छ । यस बैठकमा एमसीसीलाई नेपालको विकास र प्रगतिमा लगानी गर्नुहुँदैन भन्ने खासै कसैको विमति छैन । तर, पछिल्लो समय जसरी त्यसमा सर्तहरु आएको छ, त्यो नेपालको हितमा छ कि छैन भन्ने विषयमा चर्चा भएको मात्रै हो, पारित गर्नुहुँदैन भनेर होइन ।
त्यसोभए संसदबाट पारित हुन्छ कि हुँदैन ?
त्यो अब केन्द्रीय समितिको बैठकमा गएको छ । त्यहाँ छलफल र बहसहरु पनि भइरहेको छ । त्यसपछि टुंगो लाग्छ ।
केन्द्रीय कमिटिमा पेश हुने राजनीतिक प्रतिवेदनमा त त्यसको एजेन्डा नै थिएन नि कसरी छलफल भयो ?
केन्द्रीय कमिटिमा उठाउन एजेन्डै हुनुपर्छ भन्ने छैन । त्यसैले एमसीसीको विषयमा व्यापक रुपमा छलफल, बहसहरु भएका छन् । त्यो छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ । नेपालको हितमा छ कि छैन भनेर रहेको दुविधालाई हल गरेर एमसीसी प्रयोग गर्न सकिन्छ । सर्तको बारेमा क्लियर भइसकेपछि यो पास हुने ढंगले अगाडि बढिरहेको छ ।
सर्तहरु तपाईंहरुलाई थाहा छैन र बाहिर त आइसेकेको छ नि ?
आएका छन्, त्यसलाई अध्ययन गरेर निष्कर्षमा पार्टी पुग्छ ।
त्यसोभए एमसीसीलाई पास निर्णय केन्द्रीय समितिबाट हुन्छ ?
निर्णय हुनेनहुने भन्दा पनि राम्रोसँग अध्ययन गरेर, त्यसका सर्तहरु राम्रो केलाएर सच्याएर भएपनि त्यसलाई पास गर्नुपर्छ । तर नेपालको हितमा छ कि छैन भनेर शंका गर्नुलाई अस्वाभाविक मान्न सकिन्न ।
केन्द्रीय समिटिमा एमसीसीको बारेमा कुनै निर्णय हुँदैन ?
एमसीसी पास गर्ने कि नगर्ने भन्ने टेक्निकल विषय भयो । त्यसको लागि विशेषज्ञहरु राखेर छलफलबाट के गर्ने भन्ने निष्कर्ष हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार