वोल्शेविक क्रान्तिको सफलतालगत्तै विख्यात अमेरिकी लेखक जोन रिडले लेखेका थिए, “लामो समयदेखि दबाइएको शिक्षाको प्यास क्रान्तिको विस्फोटनसँगै भदौरे भेल बनेर उर्लियो । स्मोल्नी प्रतिष्ठानबाट मात्र सुरुका छ महिनामा हरेक दिन टनका टन साहित्य कार र रेलमा ढुवानी हुन्थ्यो । तातो बालुवाले पानी सोसेजस्तै रुसले पाठ्य सामग्री सोस्थ्यो ।”

‘पूर्वमा पठन संस्कृतिः तेस्रो विश्वमा समाजवादी संस्कृति’ (द इस्ट वाज रेडः सोसिएलिस्ट कल्चर इन द थर्ड वल्र्ड) शीर्षकको लेख सङ्ग्रहको भूमिकामा लेखक विजयप्रसादले लेखेका छन्, “पढ्ने अभियान रुसमा मात्र सीमित थिएन । सोभियत सङ्घका सबै जनजातिका भाषामा पनि पठन सामग्री छापिएका थिए ।” दोस्रो विश्व युद्धले मच्चाएको विनाश लीलाको तीस वर्षपछि पनि सोभियत सङ्घले घोषणा गरेको थियो, “सबै सोभियत नागरिक लेख्न र पढ्न जान्दछन् । यो उल्लेखनीय उपलब्धि हो ।”

तथापि ‘पूर्वमा पठन संस्कृति’ पुस्तकको विषय सोभियत सङ्घमा साक्षरता दर वा पुस्तक प्रकाशन, वितरण र उपभोगमा मात्र सीमित छैन । त्यो पुस्तक आकारले १५३ पृष्ठको मात्र छ । तथापि यसले बोकेको लक्ष्य भने निकै महत्वाकाङ्क्षी छ ।

भारतीय लेखक पङ्कज मिश्र आफू भर्खरको ठिटो छँदा ‘सोभियत लाइफ’ नामको म्यागाजिनले पारेको प्रभाव स्मरण गर्छन् । मिश्रले भने, “हुलाकबाट जब ‘सोभियत लाइफ’ को नयाँ अङ्क आउँथ्यो, म सबभन्दा पहिले त्यसको चिल्लो गाता सुघ्थेँ । त्यसमाथि आफ्ना औँला नचाउँथेँ । अनि त्यसमा छापिएका युवा पायोनियरहरूका तस्वीर पल्टाउनेतिर लाग्थेँ ।” युवा पायोनियर सोभियत सङ्घको कम्युनिस्ट पार्टीअन्तर्गत बालबालिकाको सङ्गठन थियो जसले संसारभरका युवालाई प्रेरणा र कमरेड भावना सञ्चार गथ्र्यो ।

‘पूर्वमा पठन संस्कृति’ पुस्तकको लक्ष्यका दुई आयाम छन्ः संसारबाट हराइसकेका सोभियत पुस्तक र संसारमा तिनले पारेको प्रभावको सम्झना गर्नु र तेस्रो विश्वमा समाजवादी संस्कृतिको विकासबारे छलफल गर्नु ।

प्रसाद भन्छन्, “ग्लोबल साउथका पुस्तौँपुस्ता आफ्नो कोठाको आलमारीमा सोभियत पुस्तकसँगै हुर्के । पुस्तकप्रति रुचि भएका मानिसहरू आफ्नो कोठाको आलमारीमा सोभियत बाल पुस्तकको शृङ्खला सजाउँथे, त्यसपछि टोल्सतायका केही थान पुस्तक अनि सजाइन्थे लेनिनका सङ्कलित रचनाको शृङ्खला । उपन्यासदेखि गणितसम्मका पुस्तक अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा भेल बग्थ्यो । ‘विश्व साहित्य’ को कोटीका पुस्तक छाप्ने सामथ्र्य नभएका ती देशका मानिसको लागि सोभियत पुस्तक नै ज्ञानको अमूल्य भण्डार हुन्थ्यो ।”

भारतीय लेखक पङ्कज मिश्र आफू भर्खरको ठिटो छँदा ‘सोभियत लाइफ’ नामको म्यागाजिनले पारेको प्रभाव स्मरण गर्छन् । मिश्रले भने, “हुलाकबाट जब ‘सोभियत लाइफ’ को नयाँ अङ्क आउँथ्यो, म सबभन्दा पहिले त्यसको चिल्लो गाता सुघ्थेँ । त्यसमाथि आफ्ना औँला नचाउँथेँ । अनि त्यसमा छापिएका युवा पायोनियरहरूका तस्वीर पल्टाउनेतिर लाग्थेँ ।” युवा पायोनियर सोभियत सङ्घको कम्युनिस्ट पार्टीअन्तर्गत बालबालिकाको सङ्गठन थियो जसले संसारभरका युवालाई प्रेरणा र कमरेड भावना सञ्चार गथ्र्यो ।

तेस्रो विश्वका करोडौँ करोड युवा पाठकको लागि सोभियत सङ्घ र पूर्वी युरोपका साहित्य संसारबारे थाहा पाउने सस्तो झ्याल बनेको थियो ।
तर, मिश्र आफ्नो लेखमा सोभियत सङ्घमा छापिएका पुस्तक, म्यागाजिन, जर्नल र पत्रिकामात्र सम्झँदैनन् । उनी भन्छन्, “सोभियत सङ्घले संसारभरका विकासशील देशहरूमा प्रकाशन गृह स्थापना गर्न र पुस्तक खोल्न मद्दत गरेको थियो । ती प्रकाशन गृह र पुस्तक पसलले सोभियत सङ्घबाट छुट र सुविधा पाउँथे ।” पूर्वी युरोपमा समाजवादको अवसानसँगै साक्षरता, शिक्षा र क्रान्तिमा पु¥याइएका ती योगदान क्रमशः ओझेल पर्दै गए ।

संरा अमेरिकाको न्यु योर्क विश्वविद्यालयमा रुसी भाषाका सहायक प्राध्यापक रोसेन जागालोभले अर्को एउटा निबन्धमा मस्कोको प्रगति प्रकाशन (प्रोग्रेसिभ पब्लिसर्स) को इतिहासबारे छोटो वर्णन गरेका छन् । जागालोभका अनुसार प्रकाशन गृहको इतिहासमा प्रगति प्रकाशनजत्तिको भाषिक विविधताको महत्वाकाङ्क्षा बोकेको प्रकाशन गृह आजसम्म भेटाउन सकिन्न ।

“सन् १९९१ सम्ममा प्रगति प्रकाशन निकै ठूलो प्रकाशन संस्था बनिसकेको थियो । वर्षको झन्डै दुई हजार शीर्षकका पुस्तक प्रकाशन गथ्र्यो । सबै छापिएका पुस्तकको गन्ती गर्दा ३ करोड पुग्थ्यो । सम्भव भएसम्मका भाषामा पुस्तक छापिन्थ्यो । संसारका धेरै मानिस प्रगति प्रकाशनले छापेका अति सस्तो पुस्तकको सम्झना गर्छन् । प्रगति प्रकाशनले सामान्यतः नभेटाइने माक्र्सवादी साहित्य निकै गुणस्तरीय तरिकाले छाप्थ्यो”, जागालोभले निष्कर्षमा भने ।

‘पूर्वमा पठन संस्कृति’ पुस्तकमा हामीले सोभियत सङ्घको आन्तरिक साहित्यिक–शैक्षिक अभियान र प्रगति प्रकाशनबारे मात्र होइन, सोभियत सङ्घभन्दा बाहिरको संसारको लागि प्रकाशन गर्न स्थापित पहिलो सोभियत प्रकाशन संस्था ‘विदेशी भाषा प्रकाशन गृह’ (फोरेन ल्याङ्ग्वेज पब्लिसिङ हाउस) बारे पनि जानकारी पाउँछौँ । ती पुस्तकबाट प्रभावित बनेका संसारभरका करोडौँ करोड मानिसको निम्ति ती पुस्तक र म्यागाजिनको ‘सस्तो मूल्य र उच्च गुणस्तर’ को महत्व कति थियो भन्ने कुरा यो पुस्तकमा पढ्न सक्छौँ ।

लेख सङ्ग्रहका अन्य लेखकहरूले पनि सोभियत पुस्तकले ‘विदेशी भन्नासाथ निकै दूर र विचित्रको लाग्ने समयमा दुर्गम संसारलाई घरमा ल्याइपु¥याएको र फलतः विभिन्न भावनात्मक, राजनीतिक, सामाजिक र भौगोलिक दुरी कम गरेको’ लेखेका छन् ।

‘पूर्वको पठन संस्कृति’ एउटा पुस्तकमात्र होइन यो मुक्तितर्फको सांस्कृतिक यात्रा हो । त्यसमा प्रकाशित एउटा निबन्धमा सन् १९६८ को सुरुतिर हवानामा भएको सांस्कृतिक सम्मेलनको चर्चा गरिएको छ । ‘त्यो सम्मेलन क्युवा एक्लैको लागि मात्र होइन, सिङ्गो तेस्रो विश्वको लागि निकै महत्व बोकेको सम्मेलन थियो ।” पुस्तकमा सोभियत चलचित्र र कविताबारे पनि केही सामग्री समावेश छन् ।

७० वर्ष लामो इतिहास बोकेको मुम्बईको पिपुल्स बुक हाउस । सोभियत सङ्घले संसारका विभिन्न देशमा यस्ता पुस्तक पसल खोल्न मद्दत गरेको थियो ।

पुस्तकको आकार सानो भए पनि यो पुस्तकको आयतन निकै गहुङ्गो छ । हरेक निबन्ध स्मृतिको विशिष्ट चित्र बनाउन सफल छन् । साथै मानिसमा अन्तरनिहीत प्रगति गर्नसक्ने क्षमता, विकासक्रम र महादेश–महादेशमा पुस्तौँ पुस्तासम्म विस्तार गर्नसक्ने ऐक्यबद्धताको सम्भावनाबारे चर्चा गरिएको छ । सबै ती कामको एउटै लक्ष्य पठित, शिक्षित समाजवादी देशहरूको विश्व निर्माण गर्नु थियो । विडम्बना सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरू विघटन भएसँगै ती काम इतिहासमा सीमित बनेको छ ।

‘पूर्वको पठन संस्कृति’ ले हामीलाई हिजोको त्यो समय र स्थानको सम्झना गराउनुका साथै भविष्यको लागि नयाँ आशा सञ्चार गरेको छ । यो वास्तवमै पठनीय पुस्तक हो ।
स्रोत ः पिपुल्स वल्र्ड, नेपाली अनुवाद ः अनिल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार