
म वैचारीक चिन्तनमा विश्वास गर्ने एउटा कार्यकर्ता भएको हुनाले एक समय म प्रचण्डको प्रक्षपोषणमा लडेको हुँ ।
उहाँले जनयुद्धदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण नगरुजेल देश र जनताको पक्षमा राम्रो काम गरेका हुन् । वैचारीक राजनीतिको आधारमा मैले त्यसो गर्नु मेरो कर्तव्य थियो । त्यहाँ मैले कुनै किचेन क्याविनेटको आधारमा भागबन्डा गरेर खाने हिसाबले त्यसो गरेको होइन ।
अहिले पनि केहि बिग्रिएको छैन ।देश र जनताको पक्षमा उभिने हो भने पहिले प्रचण्डले नेकपामा विद्रोह गर्नु पर्छ । आइपिएस र एमसीसी उहाँले खारेज गर्नुपर्छ ।
लिम्पियाधुरा लगायत जुन भारतबाट नेपाली भूमि हडपेको छ त्यो फिर्ता गर्ने र नेपालको सीमाना सुरक्षा गर्न उहाँले संघर्ष गर्नुपर्छ ।
अर्को कुरा माक्सवाद, लेलिनवाद र माओवाद फेरी स्वीकार गर्न प्रचण्ड तयार हुनुभयो र गल्ति गरियो भनेर आत्माआलोचना गर्नुभयो भने देश हामीले बचाउन सक्छौं ।
खबरडबली अनलाइनसँगको कुराकानीको सानो अंश ।







