
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामासहितलाई अदालतको रिहाको आदेशपछि पुन प्रहरीले पक्राउ गरेको छ । नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । तर सबैलाई प्रहरीले पुनः गिरफ्तार गर्यो ।
थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले रिहा गर्दै आदेश दिएको हो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको हाे ।
ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित नेकपा नेताहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य विरुद्धको अपराध समेत ठहर गरेको थियो ।
जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियाे । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो ।







