अमेरिकाले कथित शान्ति र प्रजातन्त्रको नाममा विश्वमा करोडौं मान्छेको ज्यान लिएको छ भन्दा धेरैलाई पत्यार नलाग्ला तर यो कुरा सत्य हो ।
५० को दशकदेखि शक्तिमा आएको अमेरिकाले अहिलेसम्म करोडभन्दा बढी मान्छेको ज्यान लिएको छ । उसले कथित शान्ति र प्रजातन्त्रको ठेकेदारको रुपमा विश्वभरि वारदात मच्चाइरहेको छ ।
भियतनाम युद्धदेखि उत्तर कोरियासँगको युद्ध होस या इन्डोनेशियादेखि चिलीहुँदैं मध्यपूर्वसम्म आउँदा अमेरिकाले करोडौं मान्छेको अनाहकमा ज्यान लिएको छ ।
अमेरिकाले भियतनाम युद्धमा मात्र ३० लाख मान्छेको ज्यान लियो । उत्तर कोरियामा २५ लाख मान्छेको ज्यान लियो ।
दर्शकवृन्द यसबारे हामी अमेरिकी हत्याआतंकको फेहरिस्त विस्तारैं पर्दाफास गर्दैछौं । यसक्रममा आज हामी इन्डोनेशियामा अमेरिकाले चलाएको नरसंहारको संक्षिप्त फेहरिस्त प्रस्तुत गर्ने जमर्को गर्दैछौं ।
जहाँ अमेरिकाले ५० को दशकमा ३० लाख कम्युनिस्ट र शुभचिन्तक जनताको नरसंहार गर्यो ।
हेर्नुस् भिडियो रिपोर्ट –







