
अमेरिकाले कोरोना भाइरसका बारेमा त्रास फैल्याउने काम गरेको चीनको आरोप छ। ‘अमेरिकाले रोकथाममा सहयोग गर्नुको साटो त्रास फैल्याउने काम गरिराखेको छु’ चिनिया विदेश मन्त्रालयले भन्यो।
विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले नियमीत पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएकी हुन् ।
‘आफ्नो दूतावासका कर्मचारीहरू आंशिक रुपमा फिर्ता गर्ने पहिलो देश अमेरिका हो। त्यसबाहेक, अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगायो।’
‘उक्त कार्यले त्रास फैल्याउने कामबाहेक केही गर्दैन। यो एकदमै खराब उदाहरण हो।’ उनले भनिन्, ‘अन्य देशहरूले सुझ-बुझपूर्ण र वैज्ञानिक ढंगले यसबारे निर्णय लिने आशा गरेका छौं।’ एजेन्सी







