सत्ताधारी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग पहिले सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी भएको तर पछि प्रचण्डले नै अहिलेकै निरन्तरता दिन सुझाव दिएको दाबी गरे।

‘पहिले मैले आलोपालो गरौंला नि भनेको थिएँ। अस्ति उहाँकै प्रस्तावमा त्यसो नगरौं, सरकारमा पुरै अवधि निरन्तरता दिउँ भन्ने निर्णय भयो,’ ओलीले भने।

तर, पार्टीभित्र वरिष्ठ नेताहरु धेरै भएका कारण सबै पक्ष विचार गरेर आफू अघि बढ्नुपर्ने बाध्यतामा रहेको उनको भनाई छ।

‘मभन्दा पहिले नै प्रधानमन्त्री, पार्टी प्रमुख भएका नेता छन्। मैले यसोयसो गर भनेर त गर्दैनन् नी। मैले सबै कुरा विचार गरेर, सबैको मानभाऊ पुर्याएर काम गर्नुपर्छ’, प्रधानमन्त्रीले थप खुलाए।

पूर्वमाओवादीसँग आत्मीय सम्बन्ध बन्न समय लाग्नु स्वभाविक भएको बताउँदै उनले भने, ‘एमाले कहाँ थियो, माओवादी कहाँ थियो, तपाईंहरुलाई थाह छ। हामी एकअर्काविरुद्ध प्रहार गथ्र्यौं। मैले त तोप र गोलाका गोला नै ठोक्थें’, उनले भने।

तर, दुई पार्टीबीचको एकता ‘बाइचान्स’ नभएको र निकै सचेतता साथ गरिएको हुँदा यो नभत्किने उनले विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार