अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा कांग्रेस उपसभापति विजय गच्छदारलाई तत्कालीन मन्त्रीको हैसियतले मुद्दा दर्ता गरिएको तर कम्युनिष्ट पार्टीका भएका कारण तत्कालीन प्रधानमन्त्रीमाथि मुद्दा नचलाइएकोमा उनले आपत्ति प्रकट गरेका हुन्।

‘अख्तियारले आज दायर गरेको मुद्दा हेर्दा अनौठी संशय र प्रश्न उब्जाएको छ,’ पौडेलले भने, ‘लालझन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पूरा हुने त होइन?’

पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइएको तर गच्छदार लगायतलाई चलाइएकाले अख्तियारले पार्टी र व्यक्ति छानेर मुद्दा दायर गरेको त होइन भन्ने प्रश्न उब्जिएको उनले बताए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्विट गर्दै माधव नेपाल र विष्णु पौडेललाई छोडेर गच्छदारलाई मात्र मुद्दा चलाइएकोमा आश्चर्य प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार