नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष वैद्यले पूर्व सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार पुगेर भेटेका छन ।

बलात्कार प्रयासकाे आराेपमा पुर्व सहकर्मी महरासंग वैद्यले झण्डै एक घण्टा लामो भेट गरेको बुझिएको छ । वैद्यले महराकाे अवस्थाबारे जानकारी लिएका थिए भने महराले समेत वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएकाे छ ।

माओवादी जनयुद्धलाई स्मरण गर्दै उनीहरुले कारागारमा लामो समय गफिदै समसामयिक राजनीति र देशको परिस्थितिबारे छलफल गरेको थिए ।

वैद्य महराका गुरु हुन् । महरालाई पार्टी सदस्यता दिलाएका वैद्यले कारागारमा भेटेसँगै जनयुद्धका सहकर्मी नेताहरुमा डा. बाबुराम भट्टराईपछि महारा भेट्ने दोश्रो ठूलो नेता बनेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार