नेपाल कम्युनिस्ट पार्टीले ललिता निवासकाण्डका मुख्य दोषीलाई अख्तियारले जोगाएको भन्दैं आफ्नो पार्टीले मुख्य अभियुक्तहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञेप्ती जारी गरेर ललिता निवासकाण्डका मुख्य दोषीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गरेको विज्ञेप्तीमा भनिएको छ-

‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’

प्रवक्ता प्रकाण्डको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार