आज ७ वटै प्रदेशका मुख्यमन्त्री उपरिुथत हुने एक बैठकमा प्रधानमन्त्री केपी ओलीले ३ वटै तहका सरकारले राम्रो काम गर्न नसकेको स्वीकार गरेका छन् ।

सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन्।

सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन नसकेको दुखेसो गरे।

काममा अत्यन्तै ढिलासुस्ती भयो। वैदेशिक लगानीका आयोजनाको काम पनि तीव्र गतिमा हुन सकेन, उनले भने,अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भयो।  प्रधानमन्त्री ओलीले विकासको गतिमा पनि तीव्र असन्तुष्टि जनाए।

‘जुन गतिले विकास गर्नुपर्ने थियो त्यो गति हामीले पक्रन सकेका छैनौँ’, उनले अगाडि भने, ‘केही उपलब्धी भएका छन् तर सन्तोषजनक भएका छैनन्।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार