
दिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावमा झन्डै ६७ प्रतिशत मत खस्यो । एग्जिट पोलका अनुसार विकासको मुद्दामा चुनाव लडेको आम आदमी पार्टीलाई सहज जित मिल्ने देखिएको छ । दिल्लीका मुख्य निर्वाचन अधिकारी रणवीर सिंहले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।
मतदान सम्पन्न भएपछि आएका अधिकांश एग्जिट पोलमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले ठूलो जित हात पार्ने पूर्वानुमान गरिएको छ । केही सर्वेक्षणहरूमा आम आदमी पार्टीले सन् २०१५ मा सम्पन्न निर्वाचनमा प्राप्त नतिजा दोहो¥याउने संकेत गरिएको छ । उक्त निर्वाचनमा आम आदमी पार्टीले ७० विधानसभा सिटमा ६७ सिटमा जित हात पारेको थियो ।
इंडिया टुडे–एक्सिसको एग्जिट पोलअनुसार आम आदमी पार्टीलाई ५९.६८ र भाजपालाई २.११ सिट प्राप्त हुन सक्छ । त्यस्तै एबीपी–सी भोटरका अनुसार आम आदमीलाई ४९.६३ र भाजपालाई ५.१९ सिट मिल्न सक्छ ।
टाइम्स नाउ–इस्पोसका अनुसार केजरीवालको कुर्सी यथावत रहन सक्छ । र, आपलाई ४७ तथा भाजपालाई २३ सिट मिल्न सक्छन् । ‘रिपब्लिक–जनकी बात’ को एग्जिट पोलका अनुसार आपलाई ४८.६१ र भाजपालाई ९.२१ सिट मिल्न सक्छ ।
टीभी ९ भारतवर्ष–सिसेरोका अनुसार आपले ५२.६२ र भाजपाले ६.१६ स्थानमा जित हात पार्न सक्छ । त्यस्तै नेता–न्यूज एक्सले आपको खातामा ५३.५७ र भाजपाको खातामा ११.१७ सिट आउने अनुमान गरेको छ । -द वायर हिन्दी







