सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष यतिबेला माक्र्सवादी भौतिकवादबाट अध्यात्मवादतिर प्रवेश गरेको बताएका छन् ।

प्रचण्डले शनिबार काठमाडौंमा ‘कान्तिपुर कन्क्लेभ’ परिसंवादमा पत्रकार सुधीर शर्मासँगको कुराकानीमा उनले यतिबेला हरेक बेलुका सदगुरुका प्रवचनहरु हेर्ने गरेको बताएका छन् ।

‘बेलुका सुत्ने बेलामा चाहिँ सदगुरुका प्रवचनहरू पनि हेर्छु। कहिलेकाहीँ सदगुरुका प्रवचन सुन्दासुन्दै निदाउँछु’, प्रचण्डले थपे, ‘तपाईंहरू भ्रममा नपर्नु होला, म धर्म, अन्धविश्वासतर्फ लागेको होइन, सदगुरु जति भौतिकवादी कोही छैन।’

धार्मिक प्रवचन, यज्ञतिर संलग्नताबारे प्रचण्डले झन् खुलेर जवाफ दिए।

‘परिस्थितिअनुसार हुन्छ, भोट चाहिन्छ अनि जहाँपनि जानै पर्यो नि’, प्रचण्डले भोटको राजनीतिमा आउँदाको बाध्यता सुनाए, ‘जसले बोलाउँछ त्यहीँ जानुपर्छ।’

‘अहिले हामी लोकप्रिय मतद्वारा नै सामाजिक रुपान्तरणतिर लागेको हुनाले जहाँ जनता छन् त्यहाँ जानैपर्छ, यो माक्र्सवाद विरोधी कुरा होइन’, प्रचण्डले थपे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार