
एमसीसी देश विकासको लागि हो भनेर सरकारले भन्दा तपाईंहरुलाई के आपत्ति ?
विकास र पूर्वाधारको लागि हो भने यएसआईडी पनि छ । त्यस मार्पmत गर्दा पनि हुन्छ । म्ख्य रुपमा अमेरिका र भारतको उपनिवेश नेपाललाई बनाउने योजना हो । त्यसमा खड्ग ओली सरकार लम्पसार परेको स्थितिले ठूलो संकट उपन्न हुँदैछ । गाउँखाने कथामा ‘राम्रो जति सबै मेरो, नराम्रो जति तेरो’ भने जस्तै यसमार्पmत शक्तिराष्ट्रको युद्ध हुने र त्यसको भागीदार नेपाल हुनुपर्ने भएकाले हामी विरोध, प्रतिरोध गर्दछौं । साथै त्यसो नगरोस् सरकारले भनेर अभैm पनि आग्रह गर्दछौं ।
एमसीसी पारित गर्नुपर्छ भनेर सरकार पक्ष नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त मिलिसके नि ?
त्यो गर्दा डबल नेकपा र नेपाली कांग्रेस एउटै खाल्डोमा जाकिन्छन्, केही समयभित्र ।
त्यसको आधार के ?
एमसीसीमा खासगरी तीनवटा भयानक कुराहरु छन् । पहिलो नेपालको बौद्धिक सम्पत्तिमाथि अमेरिकाको हक हुनुपर्ने । दोस्रो एमसीसीको र नेपालको कानुन बाझिएमा पनि त्यो मान्य हुने । अर्को नेपालमा जे–जसो गर्नुपर्ने हो, त्यसमा भारतको स्वीकृति लिनुपर्ने भनिसकेपछि, हिजो सुगौली सन्धिले आधा नेपाल समाप्त ग¥यो । अहिले दोस्रो सुगौली सन्धि हुँदैछ, यसले पुरै नेपाल समाप्त गर्दैछ । अमेरिकाले साम्राज्यवाद थोपर्दैछ, त्यो भनेको युद्ध हो । त्यसमा हाम्रो विरोध छ । विरोध गर्नुनै देशभक्ति हो ।
हिजोसँगै जनयुद्ध गरेका प्रचण्डले कम्युनिस्टहरु एकताबद्ध भएर देशको नेतृत्व गरिरहँदा तपाईंहरु कहाँ हुनुहुन्छ ?
प्रचण्ड मात्रै बाँचेर हुँदैन अरु पनि बाँच्नुपर्छ । प्रचण्ड मात्रै भएर पुग्दैन अरु हुनुपर्छ । जनसम्म जनतन्त्र, जनस्वतन्त्रता हुँदैन तबसम्म हरेकले आफ्नो प्रयास जारी राख्नुपर्छ । अहिले त हामीले जनविद्रोह भनिरहेका छैनौं, त्यो हाम्रो रणनैतिक लक्ष्य हो । अगाडि तपाईंले भन्नुभयो एमसीसीको बारेमा नेकपा र नेपाली कांग्रेसको समर्थन भनेर, त्यसमा त हामी अर्को आशंका यिनीहरुले त्यो एमसीसीको ५५ अर्ब रकम बाँडेर खाइसकेका छन् र लम्पसार परेका हुन् कि भन्ने लाग्छ ।
प्रचण्ड एमसीसीको पक्षमा विपक्षमा ?
यसमा प्रचण्ड त ‘लालुपाते नुहियो भुईंतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, लगाउ दुईतिर’ भन्ने गीत जस्तै हुन् । अहिले प्रचण्ड पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर हो । उहाँको यही भन्ने खासै विश्वास छैन, एमसीसीमा चाहीं जसो–जसो ओली, त्यतैतिर प्रचण्ड होला भन्ने बुझ्छौं ।







