नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जनयुद्ध सिध्याउने प्रचण्डलाई जनयुद्ध दिवस मनाउन कुनै अधिकार नभएको बताएका छन् ।
जनयुद्ध शुरु गर्दा कि त मृत्यु कि मुक्ति बनेर लडेको स्मरण गर्दै नेता गजुरेलले आज प्रचण्ड संसदीय व्यवस्थासँग आत्मसमर्पण गरेर गएको गंभीर आरोप लगाए ।
जनपाटी अनलाइन टिभीसँगको विशेष कुराकानीमा जनयुद्ध शुरु गर्दाको एक पहलकर्ता नेताको हैसियतमा कुरा गर्दै नेता गजुरेलले जनयुद्धलाई भारतीय विस्तारवादको योजनामा सिध्याएको गंभीर आरोप समेत लगाए ।
जनयुद्धको लक्ष्यलाई पूरा गर्न नयाँ शिराबाट क्रान्तिकारीहरु अगाडि बढ्नुपर्ने बताउँदैं नेता शर्माले विप्लवजीहरुसँग मिलेर जान आफुहरु तयार रहेको समेत बताए ।
नेता गजुरेलको भिडियो अन्तर्वार्ता –







