विप्लव नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।काठमाडौँको सुन्धारा क्षेत्रबाट बिहीबार बिहान प्रहरीले ढकाललाई गिरफ्तार गरेको जनाइएको छ ।

ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको सङ्कटा क्षेत्रबाट गिरफ्तार गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ढकालसँगै गिरफ्तार तीनजनाबारे अनुसन्धान भइरहेको बताए ।

यसअघि पनि ढकाललाई संयुक्त विद्यार्थीको कार्यक्रमबाटै प्रहरीले गिरफ्तार गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार