माओवादी जनयुद्धमा एकराज भण्डारी एउटा छुट्टैं इतिहास बोकेका पात्र हुन् ।
जसले शुरुमा वकिलको भूमिका पूरा गरे, पछि आफ्नो छोरा जनयुद्धमा सरिक भएर राज्यले बेपत्ता पारेपछि उनी आफैं जनयुद्धमा लामबद्ध भए ।
०५२ सालमा जनयुद्ध शुरु भएपछि प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य र रामबहादुर थापा बादलमाथि राज्यले थोपरेको मुद्धाको विपक्षमा भण्डारीले बहस गरेका थिए ।
भण्डारीले राज्यका विरुद्ध र विद्रोहीको पक्षमा गरेको वकालतलाई झल्झल्ती सम्झेको बताउछन् ।
जनयुद्धका बेला रामबहादुर थापा बादलमाथि राज्यद्धारा थोपरेको मुद्धामा बहस गरेका भण्डारीले अहिले बादलले स्वयं आफ्नैं पूर्व सहकर्मीविरुद्ध थोपरेको मुद्धाको विपक्षमा बहस गर्नु परेको तितो यथार्थ सुनाउँछन् ।
फागुन १ गते जनयुद्ध दिवसको अवसरमा उनै भण्डारीले जनयुद्धले धक्का खाँदा उल्टो परिवर्तन भएको भन्दैं प्रचण्ड, बाबुराम र बादलमाथि व्यंग गरे ।
‘हिजो जनयुद्धको बेला रामबहादुर थापा बादलको पक्षमा बहस गरेको थिए, आज उनैं थापा उत्पीडितबाट उत्पीडक बने उमा भुजेलहरु उत्पीडितको उत्पीडितै बने ।’ विगत र वर्तमानको वास्तविकताबारे भण्डारीले तीतो यथार्थ पोखे । हलमा भएका धेरैं मान्छे आश्चार्यचकित बने ।
कस्तो अचम्म हिजो जनयुद्धमा सँगैं लडेका प्रचण्ड, बादल र विप्लवमध्ये आज प्रचण्ड र बादल पूरानो प्रतिक्रियावादी सरकारमा छन् । विप्लव जनताको जीवन उही पूरानैं ठाउँमा छ र बदल्नुपर्छ भनेर आन्दोलनमा छन् ।
उनै विप्लव र उनको पार्टीमाथि मुद्धा थोपरिएको छ । इतिहासको यो भद्धा मजाक भन्दा अरु के हुन सक्छ ?







