आफ्नो दुई वर्षे कार्यकालमा केपी ओलीले अर्बौ रकम भ्रष्टचार गरेको भन्दैं सामाजिक संजालबाट दुर्गेस घलेले पर्दाफास गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार संसदमा दिएको भाषणमा एकै दिनमा रोम पनि बनेन भनेर बोलेको अभिव्यक्तिस्वरुप घलेले सामाजिक संजाल फेसबुकबाट यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ घलेको सामाजिक संजालमा ओलीले गरेको फेहरिस्त –

यी बुढाले महाकाली नदि भारतलाई बुझाउँदा देशलाई बर्षको १ खर्ब २० अर्ब रुपैयाँ आउने, डलर डोकामा बोकेरै नसकिने, बिजुली यदि भारतले नकिने सेटल्लाइटबाट चीनलाई बेचिने जस्तो उल्लु कुरा गरेका थिए । यिनले मान्छेलाई कति उल्लु बनाउँछन भन्ने प्रमाण महाकाली सन्धि ज्वलन्त छ यस कारण पुर्ब एमालेका झोले बाहेक अरु कसैले यी बुढाको कुरा पत्याउँदैन । अब यिनको दुइ बर्षे कार्यकालमा देखिने गरि भएको उपलब्धि निम्न प्रकारको छ :

१. वाइडबडी जहाजबाट ६ अर्ब रुपैयाँ घोटाला गरेर झ्वाम
२. एनसेलबाट ७४ अर्ब कर घोटाला गरेर झ्वाम
३. न्यारोबडी जहाजबाट अर्बौं रुपैयाँ झ्वाम
४. गोकर्ण रिसोर्टको सरकारी जग्गा भूमाफिया यती होल्डिंगस् लाई फोकटमा दिएर अर्बौं रुपैयाँ झ्वाम
५. राजदरबार अगाडीको सरकारी जग्गा यती होल्डिंगस् लाई फोकटमा दिएर अर्बौं रुपैयाँ झ्वाम
६. छाउनीको सरकारी जग्गा यती होल्डिंगस् लाई फोकटमा दिएर अर्बौं रुपैयाँ झ्वाम
७. पाथिभराको ९८ रोपनी जग्गा यती होल्डिंगस् लाई फोकटमा दिएर अर्बौं रुपैयाँ झ्वाम
८. अमेरिकन साम्राज्यबादी MCC बाट राष्ट्रघाती सम्झ्यौता गरेर करोडौं रुपैयाँ झ्वाम

बाँकी उपलब्धि पाठकबर्गले थप्दै जानुहोला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार