
पूर्वसभामुख कृष्णबहादुर महराको रिहाइको स्वागत गर्न नेकपाका सयौं नेता तथा कार्यकर्ता डिल्लीबजार पुगेका छन् ।
महरा डिल्लीबजार कारागाबाट बाहिरिने क्रममा उनीहरुले स्वागत गर्दै माला र खादा लगाइदिएका थिए ।
महराको स्वागतका लागि पुगेका नेता कार्यकर्ताले एमसीसीको विरोधमा नाराबाजी गरेका थिए ।
प्रहरीले एमसीसीको विरुद्ध नारा लगाएका उनका कार्यकर्तामागि लाठी चार्ज गरेको थियो ।







