
कुनै वैधानिक कमाइ नहुनेले कसरी मासिक दसौँ लाख रुपैयाँ खर्च गरिरहेको छ ? त्यो कहाँबाट आएको छ ? अवश्य पनि उनीहरू कमिसन, भ्रष्टाचार, ठूला पुँजीपतिहरूसँग साँठगाँठमा छन् । कुनै न कुनै गलत कुरा जोडिएको छ ।
हिजो जतिसुकै वर्ष जेल बसेको, भूमिगत भएको, योगदान गरेको नेता भए पनि आज बिग्रिएको छ भने त्यसलाई ठूलो नेता मानिरहनु हुँदैन । त्यसलाई बिग्रिएकै रूपमा हेर्नुपर्दछ ।
राज्यसत्तामा कम्युनिष्ट पार्टी छ । यो परिस्थितिमा दलाल पुँजीवादकै सेवामा, उसैलाई प्रोत्साहित–प्रेरित गर्ने किसिमले राज्यसत्ता सञ्चालन गरिरहने, तर समाजवाद भन्न पनि नछोड्ने हो, कम्युनिष्ट पार्टी भन्न पनि नछोड्ने हो भने हामी सकिन्छौँ ।
दलाल नोकरशाही पुँजीवाद र विदेशी साम्राज्यवादी शक्तिले कम्युनिष्टहरूलाई कसरी आर्थिक रूपमा भ्रष्ट बनाउने भनेरै लागिपरेका हुन्छन् । यो उनीहरूको स्वार्थ हो ।
यसमा हामी कत्तिको अडिन सक्छौँ, टिक्न सक्छौँ, त्यसले हाम्रो पार्टीको राजनीतिक भविष्य, नेपालको समाजवादी आन्दोलनको निर्धारण गर्छ ।
दृष्टि साप्ताहिकसँगको कुराकानीको छोटो अंश ।







