
एमसीसी पारित हुने किन नहुने भन्ने बहस चलिरहेको बेला सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पास हुने बताएका छन् ।
सुर्खेतमा कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीतिक पक्षलाई जोगाउँदै एमसीसी पास हुने बताए ।
एमसीसीबारे सुझाव दिन गठित कार्यदलले ल्याएको प्रतिवेदन पार्टी सचिवालयमा छलफल हुने र मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनको भनाइ छ ।
उनले तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएर गठित नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको दाबीसमेत गरे ।
अर्को एक छुट्टैं प्रसँगमा प्रचण्डले नेपालका कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा समेत गरे ।







