
पूर्व एमालेमा विलय भएरपनि हाल सत्ताधारी नेकपाकी नेतृ पम्फा भुसालले पूराना माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएकी छिन् ।
जनयुद्ध दिवसका सन्दर्भमा एक अनलाइन पत्रिकासँगको कुराकानीमा भुसालले पूराना माओवादीहरु एक ठाउँमा आउनेपर्ने विरोधाभासी अभिव्यक्ति दिएकी छिन् ।
पूरानो एमालेमा विलय हुने तर अझैं पूर्व माओवादीहरु एकठाउँमा आउनुपर्ने भन्ने अभिव्यक्ति अनैतिक भएको विश्लेषकहरुको राय रहेको छ ।
‘माओवादी जनयुद्धका साथीहरु जो जहाँ भएपनि एकठाउँमा आउन आवश्यक छ । अहिले प्राप्त उपलब्धीको रक्षा गर्ने समय हो ।’ उनले भनेकी छिन्, ‘उपलब्धीको रक्षा गरेरमात्र थप उपलब्धीको प्राप्त गर्न लाग्नुपर्छ । प्राप्त उपलब्धी छोडिदिने कुरा हुँदैन । पोकाको छोडिदिने अनि दुलोमा हात हाल्न गएर हुँदैन ।’
प्राप्त उपलब्धीको रक्षा गर्दै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने उनको भनाई छ ।







